स्वतन्त्र पत्रकार संघद्वारा पत्रकार र महिला संस्था सम्मानित

पोखरा-
अन्तर्राष्ट्रिय नारी दिवस एवं स्वतन्त्र पत्रकार संघको छैटौं स्थापना दिवसको अवसरमा पत्रकार इश्वरी पौडेल र जाल्पादेवी महिला उद्दार समूह पोखरा–८, सिमलचौरलाई सम्मान गरेको छ ।

संघले महिलालाई सम्मान समाजको विकास हेतु यस वर्षको महिला पत्रकार सम्मान परिज्ञान राष्ट्रिय दैनिकका प्रकाशक, सम्पादक इश्वरी पौडेल र सामाजिक क्षेत्रमा महिलाहरुको अग्रणी संस्था जाल्पादेवी महिला उद्दार समूह सिलमचौरलाई नगद सहित सम्मान गरिएको हो ।
सांसद शारदा पौडेलले सम्मान गर्दै महिलाहरुको विकासमा यस्तो सम्मानले प्रोत्साहन दिने हुँदा अबको महिलाहरु हरेक स्थानमा नेतृत्व लिन सक्ने बन्नुपर्ने बताइन् । कार्यक्रममा संघका अध्यक्ष कृष्ण थापाले ५१ औं पटक रक्तदान गरी उत्कृष्ट रक्तदाता रहनुभएकोमा सम्मान गरिएको र सो सम्मान थापाले श्रीमती राधिका थापालाई समर्पण गर्दै पुरुषको हरेक गतिविधिमा महिलाको भूमिका रहने बताए । सोही कार्यक्रममा प्राज्ञ हरिदेवी कोइरालाका श्रीमान रामबहादुर कोइरालालाई समेत सम्मान गरिएको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले आम पत्रकारले स्व्तन्त्रको भावना देखाउन आवश्यक रहेको बताए । कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, पोखरा उपमहानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय पश्चिम नेपालका प्रमुख बरिष्ठ परिणता दिदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नागरिक समाजका संयोजक राम बहादुर पौडेल, प्रेस चौतारीका अध्यक्ष माधव बराल, सिद्धार्थ राजमार्ग टोल विकास संस्थाका अध्यक्ष आत्मा तुलाचन, संचारिका समूहका अध्यक्ष जमुना शर्मा, आकस्मिक रक्तदान कार्यका संयोजक हरिश्चन्द्र शर्मा लगायतले स्वतन्त्र पत्रकार संघले सबैलाई समेटी गरिएको रचनात्मक कार्य प्रसंयायोग्य रहेको बताए ।

कार्यक्रममा सल्लाहकार एवं प्रतिभा छनौट समितिका संयोजक नारायण कार्की, सदस्य दुर्गा अधिकारीले सम्मानितको परिचय राखेका थिए । सम्मानित व्यक्ति इश्वरी पौडेल र जाल्पादेवी महिला उद्दार समूहका अध्यक्ष पवित्रा केसीले धन्यवाद सहित थप जिम्मेवारी प्रदान गरेको बताए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण बहादुर रानामगर, सल्लाहकार शान्ति राणा लगायतले संघको विविध पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button