पोखरा २, जेठ –
पोखरा लेखनाथ महानगरपालिका वडा न १ मा अध्यक्ष शारदा पराजुलि सहित एमालेको प्यानलै बिजयी भएको छ । देशकै ठुलो महानगर क्षेत्रमा १ नम्बर वडाबाट एमाले ले बिजयी सुरुवात गरेको हो ।
वडा अध्यक्षमा नेकपा एमालेकी शारदा पराजुलिले १११३ मत ल्याएर बिजयी भएकी हुन् । अध्यक्षमा निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसले ७९६ मत तथा माओबादी केन्द्र ले ११९ मत मात्र प्राप्त गरेका छन् ।
त्यसैगरी महिला सदस्य एमाले १०१७(बिजयी), कांग्रेस ७८५, माओबादी केन्द्र ११६, उत्पीडित महिला सदस्य एमाले १०८३, कांग्रेस ७५७ माओबादी केन्द्र १०३, खुल्ला सदस्यमा एमाले ९३७(बिजयी), काङ्ग्रेस ६८०, माओबादी केन्द्र १२३ तथा खुल्ला सदस्य तर्फनै एमाले १०७५(बिजयी), काङ्ग्रेस ६३४ , माओबादी केन्द्रले १३६ मत प्राप्त गरेका छन् ।
यस संगै मेयरमा एमालेका मान बहादुर जि सि र उपमेयरमा एमालेकै मन्जु गुरुङ को अग्रता पनि कायमै रहेको छ । वडा नं १ को सदर मत २४ सय ४३ मा मेयर पदमा नेकपा एमालेका मान वहादुर जिसीले १०६५ मत प्राप्त गरेका छन । उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका रामजी कुँवरले ८३१ मत पाएका छन । यसै गरि उप-मेयरमा नेकपा एमालेकी मञ्जु देवी गुरुङ्ले १०५४ , नेपाली कांग्रेसकी सरस्वती गुरुङ्ले ८४६, तथा माओबादी केन्द्रकी गोमा ढकालले ११८ मत प्राप्त गरेकी छन ।
पोखरा लेखनाथ महानगरपलिकामा वडा नं १ बाट मत गणना कार्य सुरु गरिएको हो । उक्त वडाको ३ वटा मतदान केन्द्रमा २४७६ मत खसेको थियो