भण्डारढिकमा हुने पढाई उत्सव तयारी अन्तिम चरणमा

पोखरा न्युज –

शैक्षिक प्रगतिका लागि पोखरा लेखनाथ महानगरपालिकाको भण्डारढिकमा आगामी असार २५ गते हुने पढाइ उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

तयारीका वारेमा जानकारी दिन विहिवार भण्ढारढिक स्रोतकेन्द्रमा राखिएको पत्रकार सम्मेलनमा शैक्षिक प्रगति हासिल गर्दै अगाडि बढ्दै पढाइ उत्सवलाई सफल बनाउनका लागि सबैको सहयोग र सहकार्य आवस्यक रहेको बिचार राख्दै भण्ढारढिक स्रोत केन्द्रका स्रोत व्यक्ति तथा कार्यक्रमका मूल संयोजक विष्णुप्रसाद तिवारीले कार्यक्रमको ८० प्रतिशत तयारी सकिएको र वाँकी रहेका कामलाई तिव्रताका साथ अगाडि बढाइएको जानकारी गराएका थिए ।

जिल्ला शिक्षा कार्यालय कास्कीको आयोजनामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत यो कार्यक्रम हुने भएको हो । सामुदायिक विद्यालयलाई लक्षित गरी आयोजित पढाइ उत्सवमा भण्डारढिक स्रोतकेन्द्र अन्तर्गतका सामुदायिक विद्यालयको सहभागिता रहने उत्सव व्यवस्थापन संयोजक तिवारीले वताए । पढाइ उत्सवमा पठन प्रतियोगिता र उत्कृष्ट वर्ष अभिभावकलाई सम्मान गरिने भएको छ ।

सोही अबसरमा ३५ सामुदायिक विद्यालयका एक एक अभिभावकलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको र छनोटको प्रक्रिया जारी रहेको जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्माले बताए ।

लेखनाथ उद्योग बाणिज्य संघको सभा हलमा हुने पढाइ उत्सवमा २५ बढी स्टल रहने लक्ष्मी आदर्श माविका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराइले जानकारी दिएका छन् । पठन प्रतियोगितामा कक्षा २ र ३ मा पढ्ने १-१ जना विद्यार्थी सहभागी हुने र विजयी विद्यार्थीलाइ सोही दिन पुरस्कृत गरिने अम्मरसिद्ध माविका प्रधानाध्यापक विष्णु प्रसाद पौडेलले बताए ।

उत्सव सम्पन्न गर्न दामोदर सापकोटाको संयोजकत्वमा सुचना तथा सामग्री खरिद,डम्मर प्रसाद पौडेलको संयोजकत्वमा सामग्री व्यवस्थापन, गोपीराज अधिकारीको संयोजकत्वमा स्थल सजावट ठाकुर घिमिरेको संयोजकत्वमा सास्कृतिक समिति तथा रमेश भट्राइको संयोजकत्वमा कार्यक्रम सञ्चालन समिति समेत गठन गरी तयारीलाई अगाडि बढाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button