वर्षेनी सात खर्बको विप्रेषण भित्रिन्छ

पोखरा न्युज ।

नेपालमा वार्षिक रु सात खर्बको विप्रेषण भित्रिने गरेको छ ।

त्यस रकमको १५ प्रतिशतको कारोबार सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले गर्दै आएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देशमा हाल ४० प्रतिशत मानिस मात्र बैंकिङ पहुँचमा रहेको र बाँकी ६० प्रतिशतले बैंक देख्न पाएको छैन । बैंकिङ सेवा नपुगेको दुर्गम जिल्लामा पनि सिटी एक्सप्रेसले एजेन्टमार्फत विदेशबाट पठाएको रकमको कारोबार गर्दै आएको छ ।

सो कम्पनीले गाउँगाउँमा फैलिएर रहेका पाँच हजारभन्दा बढी आफ्ना एजेन्टमार्फत मासिक तीन लाखभन्दा बढी सेवाग्राहीको सेवा गर्दै आएको सो प्रालिका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button