पोखरामा जारी सेभेन-ए साईड फुटबल प्रतियोगितामा आईतबार ६ खेल सम्पन्न

पोखरा न्युज ।

पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिता २०७४ अन्र्तगत आइतबार पहिलो चरणका ६ खेल सम्पन्न भएका छन ।

पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा आईतबार भएको खेलमा दिव्य ज्योति क्लव, दिप युनाईटेड, मसिना एफ.सी.बी, कमल पोखरी बी थटीन, हिल प्वाईन्ट स्कुल र डढुवा एफ.सी.ले जित हासिल गरेका छन ।

दिव्य ज्योतिले लामाचौर एफ.सी.लाई २–०ले पराजित गरेको हो । खेलमा दिव्य ज्योतिका योगेश क्षत्री म्यान अफ दी म्याच घोषित भए । दोश्रो खेलमा दिप युनाईटेडले भद्रकालि एफ.सी.लाई टाईब्रेकरमा ३–१ ले पन्छायो । निर्धारित समयमा दुबै तर्फ एक एक गोल भए पछि खेल निर्णायकको लागि टाइब्रेकरमा धकेलिएको हो । दिपका गोलरक्षक समिप गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

मसिना एफ.सी.बीले आयोजक शितल ज्योति युवा क्लव रातोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलमा मसिनाका मनोज गुरुङ म्यान अफ दी म्याच घोषित भए । कमल पोखरी बी थटीनले ए.बी.सी.जुनियरको समुहलाई ४–० ले पराजित गर्यो । खेलमा कमल पोखरीका सुभास तामाङ म्यान अफ दी म्याच घोषित भए ।

निकै प्रतिष्प्रधौमा सम्पन्न भएको पाचौं खेलमा हिल प्वाईन्ट स्कुलले शिशिर युथ क्लवलाई टाईब्रेकरमा २–१ को गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुबै तर्फ एक एक गोल भए पछि खेल टाइृब्रेकरमा पुगेको होे । खेलमा हिल प्वाईटका राज गुरुङ म्यान अफ दी म्याच घोषित भए । आईतबारको अन्तिम खेलमा डढुवा एफ.सी.ले रक्षा मार्ग क्यासिनोलाई २–० को गोल अन्तरले पराजित गर्यो । डढुवाका मनोज गुरुङ खेलमा म्यान अफ दी म्याच घोषित भए ।

पोखरा लेखनाथ महानगरपालिका १२ स्थित शितल ज्योति युवा क्लवको आयोजनामा जारी उक्त प्रतियोगिता अन्र्तगत भोलि सोमबार ७ खेल हुने भएको खेल संयोजक नर प्रसाद गुरुङले बताए । यही भदौ २४ गतेसम्म जारी रहने प्रतियोगितामा ४३ समुहको सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button