पोखरामा सेभेन–ए साईड फुटबल प्रतियोगिता जारी, मंगलबार ७ खेल सम्पन्न

पोखरा न्युज ।

पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिता २०७४ अन्र्तगत मंगलबार पहिलो तथा दोश्रो चरणका ७ खेल सम्पन्न भएका छन ।

पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा मंगलबार भएको खेलमा ढुंगे साँघ एफ.सी., एल.जी.एशोसिएसन, रन्जन मेमोरीयल स्मृति क्लव, लेकसाईड एफ.सी., विष्णुपादुका क्लव, गार्डेन एफ.सी. र मसिना एफ.सीले जित हासिल गरेका छन । ढुंगे साँघु एफ.सी. दोश्रो चरणमा प्रबेस गरेको हो भने अन्य टिम तेश्रो चरणमा प्रबेस गरेका हुन । ढुंगे साँघु एफ.सी.ले नेपाल मुस्लिम क्लवलाई ३–० को गोल अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रबेस गरेको हो । खेलमा ढुंगे साँघुका संदिप गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

दोश्रो चरणको पहिलो खेलमा एल.जी.एशोसियसनले दिव्य ज्योतिलाई ५–० ले गोल अन्तरले पराजित गरेको हो । खेलमा ह्याट्रिक गरेका एल.जी. एशोसियसनका अजित गुरुङ म्यान अफ दी म्याच घोषित भए । रन्जन मेमोरियल स्मृति क्लवले तेश्रो खेलमा दिप युनाईटेड माथि १–० को झिनो गोल अन्तरले पराजित गर्यो । खेलमा रन्जन मेमोरियलका शुसान गुरुङ म्यान अफ दी म्याच घोषित भए । निकै प्रतिष्प्रर्धामा भएको खेलमा लेकसाईड एफ.सी.ले कमल पोखरी बी थट्टीनलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगेको हो । लेकसाईडका अनिल विक खेलमा म्यान अफ दी म्याच घोषित भए ।बिष्णु पादुका क्लवले हिल प्वाईन्ट स्कुललाई ७–१ को गोल अन्तरले पन्छायो । बिष्णु पादुकाका समिर कार्की खेलमा म्यान अफ दी म्याच घोषित भए । गार्डेन एफ.सी.ले बाजापाटन थट्टीन (एसवाईसी) लाई १–० को झिनो गोल अन्तरले पराजित गर्यो । मंगबारको अन्तिम खेलमा मसिना एफ.सीले बेगनास एफ.सीलाई ४–१ को गोल अन्तरले पराजित गरेको हो । मसिनाका त्रिदेव गुरुङ खेलमा म्यान अफ दी म्याच घोषित भएको आयोजक शितल ज्योति युवा क्लवका सदस्य सुवास गुरुङले बताए । प्रतियोगिता अन्र्तगत भोलि बुधबार दोश्रो चरणका ७ खेल हुने भएको क्लवका सचिव पुर्ण गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button