पोखरामा सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट श्रेष्ठ पुरस्कृत

 

पोखरा न्युज ।

यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७३ बाट रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ पुरस्कृत भएका छन । सहारा क्लब पोखराले विगत ११ बर्ष देखि निरन्तर प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार, यस बर्ष १२ औ संस्करणबाट पत्रकार श्रेष्ठलाई क्लब १९ औं बार्षिकोत्सव तथा १० औं अधिवेसनको अवसर सुक्रबार पोखरामा प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, सल्लाहकार प्रकाश शेरचन, क्लवका अध्यक्ष विरभद्र आचार्यले ताम्रपत्र सहित दोसल्ला, फुल माला तथा खादा लगायर सम्मान गरेका हुन । उक्त पुरस्कारको राषि नगद १५ हजार ५ सय ५५ रहेको छ । पुरस्कृत व्यक्ति पत्रकार श्रेष्ठले उक्त राषिमा ४ हजार ४ सय ४५ रुपैया थप गरी २० हजार सहारा एकेडेमीको लागि आर्थिक सहयोग गर्ने उद्घोष गरे । कार्यक्रममा बोल्दै पुरस्कृत श्रेष्ठले उक्त सम्मानले आफुलाई अझ बढी खेल पत्रकारितामा जिम्मेवार बढेको उनले जनाए ।

तनहुँको डुम्रे घर भई हाल पोखरा सितलादेवि बस्दै आएका पत्रकार श्रेष्ठ पोखरा एफ एम र पोखरा टेलिभिजनमा आवद्ध उनी डेढ दशक देखि पत्रकारीता क्षेमा आवद्ध रहेका छन । प्रतिभा छनौट समितिमा संयोजक नारायण कार्कीले सम्मानित व्यक्तिको चर्चा गर्दै खेलकुद पत्रकारिता पुरस्कारले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई उक्त पुरस्कारले थप हौसला बढ्ने गरेको बताए ।

२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म कुलचन्द्र न्यौपाने, २०६४ धन बस्नेत, २०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा कृष्णमणि बराल र २०७३ मा एम बि आस्था मगर यस पुरस्कारबाट पुरस्कृत भई सकेका छन ।

त्यस्तै संस्थाले प्रत्येक बर्ष प्रदान गरिने सहारा उत्कृष्ट पुरस्कार २०७४ बाट यस बर्ष संस्थाका आजिवन सदस्य महेश रानाभाटलाई पुरस्कृत गरेको छ । २०५८ सालको सहारा फुटबल एकेडेमीका उत्पादन नेपाल फुटबल टिम पुर्व क्याप्टेन अनिल गुरुङलाई सम्मान गरिएको छ ।

२०६१ सालको सहारा फुटबल एकेडेमीका उत्पादन लक्ष्मण जि. सी. नेपाल फुटबल टिमको यूथ २३ छनौट हुन सफल भएकोमा उदयमान खेलाडीको रुपमा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएकोे छ । क्लवको सल्लाहकार संस्था पृथ्बी राजमार्ग बस संचालक समितिलाई समेत क्लवले सम्मान गरेको छ । समितिका महासचिव योगेन्द्र बहादुर केसी, कोषाध्यक्ष जस बहादुर गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा युकेका सल्लाहकार रमेश बास्तोला, क्लवका अध्यक्ष विरभद्र आचार्यले सम्मान पत्र, दोसल्ला र मालाले सम्मान गरेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button