काठमाडौं ४ मा गगन थापा बिजयी

नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा  निर्वाचित भएका छन् ।

पूर्व स्वास्थ्य मन्त्रि समेत रहेका थापाले  २१ हजार ५ सय ५८ मत  ल्याएर काठमाडौं ४ बाट निर्वाचित भएका हुन् ।

शनिबार  सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा काठमाडौं ४ बाट दोस्रो पटक विजयी भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी  भट्टराईले १८ हजार १ सय ४० मत पाए ।

विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले ३ हजार ४० मत पाइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button