मिश्रलाई ८ सय १८ मतले पछाडि पार्दै काठमाडौँ १ मा काँग्रेस नेता सिंह विजयी

काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्  ।

शनिबार  बिहान  घोषणा भएको मतपरिणामअनुसार नेता सिंह आफ्ना निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतले पछाडि पार्दै विजयी भएका हुन्  ।

चुनाव जितेर आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् ।

काँग्रेस नेता सिंहले १० हजार ९सय ३६, विवेकशील साझाका मिश्रले १० हजार १सय १८ र वाम गठबन्धनका अनिल शर्माले ५ हजार ३ सय ३६ मत प्राप्त गरेका हुन्  ।

 

प्रकाशमान सिंहको जितसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको हो  । काठमाडौं १ बाटै कांग्रेसले विजयी सुरुआत गरेको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button