कास्की १ ख मा एमालेका मन बहादुर गुरुङ बिजयी

कास्की क्षेत्र नम्बर १ ख मा नेकपा एमालेका मन बहादुर गुरुङ बिजयी भएका छन ।

वाम गठवन्दन अन्तर्गतका नेकपा एमालेका उम्मेदवार गुरुङले  चार  हजार १४७  मत अन्तरले लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार कृष्ण केसीलाई पराजित गरेका हुन।

गुरुङले १७ हजार २ सय ४९ मत ल्याउदा केसीले १३ हजार १ सय २ मत ल्याएका हुन।

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ सिट गरि कुल ९ सिट रहेको कास्कीमा एमालेले तिन सिट हात परेको छ भने कांग्रेसले १ सिट  जितेको  छ । भने अन्य ५ सिटमा वाम गठवन्दनले अग्रता कायम गरेको छ ।

यसअघी कास्कीमा प्रदेशसभा क्षेत्र नम्बर  २ ख बाट नेपाली कांग्रेसका बिन्दु कुमार थापा र कास्की क्षेत्र नम्मर २ क बाट नेकपा एमालेका कृष्ण थापा तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका  रबिन्द्र अधिकारी बिजयी भईसकेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button