डिएनबी, पोखरा न्युज – ०४ फागुन ।
प्रदेश ४ को पहिलो मन्त्रिपरिषद् बैठकले आगामी दुई बर्षमा बिद्युत र खानेपानी सेवा गाँउसम्म पुर्याउने निर्णय गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ४ लाई उज्यालो प्रदेश कार्यक्रम अन्र्तगत २ वर्ष भित्र सबै गाउँ, वस्तीमा विद्युत सेवा उपलब्ध गराउने र स्थानिय तहसंगको सहकार्यमा २ बर्ष भित्रमा प्रत्येक गाँउबस्तीमा पिउने पानीको ब्याबस्था गर्ने लगायतका निर्णय गरेको छ ।
साथै बैठकले ५ वर्षभित्र अन्तराष्ट्रिय स्तरकै सुविधा सम्पन्न सम्मेलन केन्द्र स्थापना गर्ने, ५ बर्ष भित्रमा यस प्रदेशमा अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर, मुटु तथा मृर्गौला उपचार केन्द्रको स्थापना गर्ने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले बताए । पाँच बर्ष भित्र स्थानिय तहको केन्द्रलाई प्रदेश राजधानिसंग स्तरिय सडक सञ्जालले जोडिने, प्रदेशमा बोलिने सम्पुर्ण भाषाको संरक्षण र सम्बद्र्धन गरिने, विभिन्न जाति जनजातिको पहिचान झल्किने गरी बहु–सांस्कृतिक ग्राम स्थापना गरिने, सरकारको कार्य सम्पादनलाई छिटो छरितो, चुस्त एंव जनता प्रति उत्तरदाहित्व बनाउन बिद्युतिय सुसासनमा जोड दिने, अन्तराष्ट्रिय स्तरको बहु–उपयोगी खेल मैदान आगामी ५ बर्षमा निमार्ण गरिने भएको मन्त्री बस्नेतले जनाए । प्रदेश ४ मा हाल ८५ प्रतिशत जनताले बिद्युुतको उपभोग गरेको भए पनि १५ प्रतिशत जनतालाई २ बर्ष भित्रमा बिद्युत सेवाको पहुच पुराउने उक्त बैठकले निर्णय गरेको छ ।
साथै मूख्य मन्त्रीको कार्यालयले आफ्नो वेवसाईड सेमत शुक्रबार नै सार्वजनीक गरेको छ । मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले उक्त वेवसाईड सार्वजनिक गरेका हुन । मुख्य मन्त्री कार्यालयको विभिन्न गतिविधि www.p4ocmcm.gov.np को वेव साईडमा हेर्न सकिने भएको प्रदेश प्रमुख सचिव लक्ष्मण अर्यालले बताए ।
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार सपथ लिए लगतै रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरेका हुन।