पोखरामा बसको ठक्करबाट सहपाठीको मुत्यु भएको घटनलाई लिएर बिद्यार्थी सडकमा

डीएनबी, पोखरा न्युज – २८ चैत  । 

पोखरामा बसको ठक्करबाट सहपाठीको मुत्यु भएको घटनलाई लिएर बिद्यार्थी सडकमा उत्रिएका छन् ।

पोखराको एयरपोर्टमा मंगलबार बिहान ग १ ख ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिदा गुप्तेश्वर माविमा  बीबीएस दोश्रो बर्षमा अध्ययनरत २५ बर्षीय शोभाकान्त पनेरुको मृत्यु भएको घटनालाई लिएर बिद्यार्थीहरु नारा जुलुस गर्दै सडकमा उत्रिएका हुन। माईक्रो बस चालकको लापरबाहीको कारण बिद्यार्थीको मुत्यु भएको आरोप लगाउदै बिद्यार्थीहरुले आज (बुधबार) बिहानः करिब ८ः३० बजे देखि दिउसो २ः०० बजेसम्म पोखराको राष्ट्रबैंकचोक, सृजनाचोक र सभागृहचोकमा  नारा जुलुस गर्दै उक्त माईक्रोबस चालकलाई ज्यान मार्ने मुद्धा चलाई लाईसेन्स खारेजी गर्नुपर्ने  नारा लगायका थिए ।

माईक्रोबस चालकको लापरवाहीको कारण पोखरामा सडक दुर्घटना  बढ्दै गएकोले त्यसको बिरोध स्वरुप आफुहरु सडकमा उत्रिनु परेको सहभागि एक बिद्यार्थी इश्वर भुजेलले पोखरा न्युजलाई बताए । अर्को बिद्यार्थी अनिस ढकालले प्रहरी प्रसासनले आफुहरुको शान्ति पुर्ण आन्दोलनमा दमन गरेको आरोप लगाए । बिद्यार्थीहरुले सडकमा नारा जुलुस गर्दै पोखरा बस व्यावसायि समितिद्धारा संचालन भएका बसहरुलाई संचालन नगर्न चेतावनी दिदा समितिका केहि बसहरु केहि समय रोकिएका थिए ।

मंगलबार बिहान ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको माइक्रोबसले ठक्कर दिदा मोटरसाइकलको पछाडि बसेका स्याङ्जा घर भई पोखरा ड्यामसाइड बस्ने बिद्यार्थी पनेरुको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो । उनको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको शव गृहमा राखिएको कास्कीका प्रहरी प्रूवक्ता डि.एस.पी. खड्ग बहादुर खत्रीले बताए ।

मोटरसाइकल चालक पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने २५ बर्षीय सन्दीप पौडेल गम्भिर घाइते भएकाछन् । उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ। माईक्रो बस चालक स्याङजा आधिखोलाका ३६ बर्षीय दिप्ती नारायण ढकाललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button