कास्कीका रुचाइएका एसपी सिंहको ९ महिनामै सरुवा, राना आउदै

पोखरा न्युज – २४ बैशाख ।

नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यलयले आइतबार एकै पटक ठुलो संख्यामा एसपीहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यलयको पत्र अनुसार कास्कीका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा सरुवा गरिएको छ । एसपी अशोक सिंहको स्थानमा महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखाकै ओम राना आउने भएका छन् ।

सिंह  गत साउन १७ गते महानगरीय प्रहरी परिसर ललितपुरबाट सरुवा भइ कास्कीमा आएका थिए । उनको कार्यकाल कास्कीमा ९ महिना केहि दिनलाई मात्र सिमित रह्यो ।

कास्कीलाई लागुऔषध, जुवातास तथा  अपराध मुक्त जिल्ला बनाउने तर्फ अग्रसर रहेका सिंहले  लागुऔषध र जुवातास बिरुद्धको अभियाननै  चलाएका थिए । अभियानपछि मानिसहरुले संगठित रुपमा जुवा तास खेल्न छाडेका थिए भने लागुऔषध बिरुद्धको महाभियानबाट सचेतना तथा कारबाही अगाडी बढेको थियो । सिंहले  प्रहरी आचरण सुधारका कुरा, सर्भिस डेलिभरीका कुरा, देह ब्यापार, गुन्डागर्दी,मापसे तथा शान्ति सुरक्षाको बिषयमा चालेका कदमलाई  कास्कीका जनताले रुचाएको पाइएको छ ।

सिंघम स्टाइलका एसपी भनेर चिनिएका सिंहले पोखराका ट्याक्सीलाई मिटरमा चल्न बाध्य पार्ने अभियान चलाउदा सर्बसाधारण जनताको ठुलो सपोर्ट पाए । आफ्नो कार्यकालमा जनपेक्षी कार्य गर्दै विवाद रहित छबी बनाएका सिंहको स्थानमा आउने नयाँ एसपी रानालाई कास्कीमा अवसर र चुनौती दुवै  छन् ।

को को कहाँ सरुवा भए हेर्नुस सुची :-

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button