आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण : राजदुत युसुफ

पोखरा न्युज , २४ वैशाख ।

नेपाल स्थित कतारका राजदुत युसुफ बिन महमद अल–हेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन् । कास्की माछापुच्छ्रे गाँउपालिका ६ भेडाबारी स्थित बराह मावि द्वारा सोमबार आयोजित सम्मान कार्यक्रममा राजदुत युसुफले नेपाली नागरिकको कतार प्रतिको योगदान कहिल्यै पनि बिर्सन नसकिने बताए  ।

राजदुत युसुफले  नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतार बिचको सम्बन्ध प्रगाढ रहेको बताउँदै उनले नेपालको बिकासमा कतार सधैं तयार रहेको बताए । उनले कतारमा रोजगारीमा रहेका ५ लाख नेपाली नागरिकले वार्षिक २ खर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको प्रंशग राख्दै नेपाल सँग सहमती भए अनुुसार नेपाल र कतारले वणिज्य क्षेत्रमा समेत संयुक्त रुपमा काम गर्ने बताए ।

राजदुत युसुफले अभिभावकहरुलाई आफ्ना बालबालिका लाई विद्यालय पठाउन आग्रह गर्दै कुनै पनि देशका नागरिकका लागि शिक्षा अपरिहार्य रहेको बताए । उनले कार्यक्रममा उपस्थित विद्यालयका अभिभावक र विद्यार्थीहरु प्रति इंगित गर्दै भने–“यहाँ उपस्थित यी बालबालिका नै भोलिको देश निर्माण गर्ने कर्णधार हुन् ।”  उनले शिक्षा बाटै सबै बिकास सम्भव हुने धारणा राख्दै नेपालको आधुनिक शिक्षाको बिकासका लागि कतारी च्यारिटी मार्फत प्रत्येक वर्ष १० हजार डलरको सहयोग गर्दै आएको स्मरण समेत गराए ।

कार्यक्रममा पूर्व कृषि तथा सहकारी मन्त्रि एवम सांसद अकबल अहमद शाह, माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, विद्यालयका प्रधानाध्यापक नर बहादुर गुरुङ, विद्यालयसम्म कतारका राजदुतलाई ल्याउन सेतुको काम गर्ने लमजुङ शिप बिकास प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद भुसाल, शिक्षिका विष्णु माया पोखरेल लगायतले विद्यालयको गतिविधि र शिक्षाको बिकासका बारेमा बोलेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम चन्द्र गौतमले कतारका राजदुत युसुफ लगायतलाई सम्मान गरेका थिए । २०२४ सालमा स्थापित बराह मावीमा सिटिइभिटी बाट मान्यता प्राप्त प्राविधिक शिक्षा तर्फ भेटेनरी र कृषी विषयको अध्यापन समेत हुँदै आएको छ । उक्त विद्यालयमा हाल ३ सय ७० जना विद्यार्थीहरु अध्ययन गर्दै आएको र यो वर्ष विद्यालयले स्वर्ण महोत्सव वर्षको रुपमा मनाएको विद्यालयका प्रधानाध्यापक नर बहादुर गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button