प्रदेश ४ को स्थानीय तह सभा सञ्चालनसम्बन्धी विधेयक पारित

पोखरा न्युज -२४, बैशाख ।

प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत पारित गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित गरियोस् प्रस्ताव राखेका थिए ।

विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा र हरिशरण आचार्यले भाग लिँदै विधेयकले कार्य सञ्चालन व्यवस्थित एवम् प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे  ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिलामन्त्री चुमानले विधेयकले स्थानीय तहलाई गतिशील बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेशको चालु अधिवेशन अन्त्य

प्रदेश नं ४ को चालु अधिवेशन अन्त्य भएको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त  आजै राति १२.०० बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको व्यहोराको पत्र पढेर सुनाएका थिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button