पोखरा न्यूज -०६, साउन।
पोखरा लेखनाथ महानगरपालिका -१५ बेगनास तालमा पौडी खेल्ने क्रममा डुब्दा १ जनाको मृत्यु भएको छ ।
बेगनास तालमा माछा मार्न गएको बेला पौडी खेल्दा अचानक डुबेर पोखरा लेखनाथ महानगरपालिका -१५ टुटुङगा बस्ने ३१ बर्षीय प्रकाश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । तालमा डुबेका गुरुङको प्रहरीबाट तत्कालै उद्दार गरि उपचारको लागी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।