आर्थिक समृद्धिको लागि महिलाले क्षमताको विकास गर्नुपर्छ : सांसद कोइराला

पोखरा न्यूज – १६, भदौ ।

गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले महिलाहरुको आर्थिक विकास र समृद्धि गर्नको लागि क्षमताको विकास गर्नुपर्नेमा जोड दिएकीछन । पोखरा महानगरपालिका ८ स्थिती दीदी बहिनी समुहले आज (शनिबार) पोखरामा आयोजना गरेको महिलाहरुको भेटघाट तथा दरखाने कार्यक्रममा वोल्दै सांसद कोईरालाले महिलाहरुले राजनीतिकमा धेरै अधिकारी प्राप्त गरेको उल्लेख गर्दै अब महिलाको क्षमताको विकास गर्नुपर्नेमा जोड दिएकी हुन।

सांसद कोईरालाले महिलाहरु नैतिकवान वन्न आग्रह गर्दै महिलाहरुले आफ्नो आम्दानी हुने गरी उद्यमशिलता र व्यवसायीक तर्फ उन्मुख हुनुपर्ने बताईन । उनले भनिन“ महिलाहरु अब उद्यमशिलताबाट व्यवसायीक वन्नु पर्छ, यदि हामीले समयमै आफ्नो क्षेमता बृद्धि गर्न नसके हामी पछि पर्न सक्छौं, महिलाहरुलाइ विकास योजनाको तालिम आवश्यक छ । ” महिलाहरुले घरयासि काममा समय खर्चिदाको अब मुल्य निर्धारण हुनुपर्ने उनको भनाई छ । महिलाले गर्भधारण, बच्चा जन्माउने र दुध खुवाउदाको समेत समयलाई मुल्याङकन गरी मुल्य निर्धारण गरी महिलाहरुको आर्थिक विकासमा समक्षम बनाउनु पर्नेमा उनको जोड थियो । महिलाले अधिकारको नाममा धेरै अधिकारी प्राप्त गरेको बताउदै उनले आउदा दिनमा हरेक जिम्मेवार वहन गर्न सक्ने गरी महिलाहरु दक्ष एवं सक्षम बन्नुपर्ने सांसद कोईरालाको जोड छ ।

पोखरा बाटुलेचौरकी छात्रा पुष्पा केसीको मृत्यू प्रकरणमा वलत्कार भने नभएको दाबी गर्दै उनले हरेक अभिभावक सजग हुन आग्रह गरिन । उनले भनिन “ विकृति विसङगतीका कारण, महिलाले लगाएको पोसाकको कारणले महिला माथि दुरव्यवहार भएको छ, आफ्ना छोराछोरीको सुरक्षाको लागि आफ्ना अभिभावक बढी जिम्मेवार हुनु पर्यो । ” कार्यक्रम संयोजक रेनुका भण्डारीले महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा महिलाहरु एक आपसमा भेटघाट गरी दुःख सुख साटसाट गर्दै रमाईलो गरि मनाईएको बताईन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button