८ औं राष्ट्रिय खेलकुदका लागि पोखरामा फुटबलको क्वाटर फाइनल समिकरण पुरा

पोखरा न्यूज – २०, फागुन ।

प्रदेश ५ मा हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा गण्डकी प्रदेश स्तरिय छनोट जारी रहेको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीका अनुसार सोमबार सम्पन्न पुरुष तर्फको फुटबलका क्वाटरफाइनलका समिकरण पुरा भएका छन ।

सम्पन्न खेलमा तनहुँ, बागलुङ, लमजुङ र गोरखा सेमीफाइनलमा प्रवेश गरेका छन । सम्पन्न खेलमा तनहुँले प्रतिस्पर्धात्मक खेलमा तनहुँले  स्याङजालाई ३–२ ले पराजित गरेको छ । तनहुँको जितमा विश्व अधिकारी, दिपक थापा र सन्दिप रानाले समान १–१ गोल गरे भने स्याङजाको लागि अजित बिन मियाँ र टिकाराज गुरुङले गोल गरे ।

यता मनाङ बागलुङसंग ५–० गोलले पराजित भएको छ । बागलुङका लागि विपिन महतले ह्याट्रिय पुरा गरे भने सुनिल श्रेष्ठ र रोशन लामिछानेले एक–एक गोल गरे । त्यसै गरि अर्को खेलमा कास्कीले लमजुङलाई ४–२ गोलले खेल सुम्पिएको छ । लमजुङको जितमा अनन्त दुरा, मनोज गुरङ, प्रदिप गुरुङले समान एक–एक गोल गरे भने कास्कीका रमेश मगरले सुसाइड गोल थपेका थिए । कास्कीका लागि रमेश मगर र अनमोल सिंहले एक एक गोल गरे ।

मंगलबार हुने सेमीफाइनलमा लमजुङ र बागलुङ तथा एक खेल खेलेर विजेता रहेको गोर्खा सोझै तनहुँ संग सेमीफाइनलमा भिड्ने छ ।
टेनिस आठौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत टेनिस खेलका लागि गण्डकी प्रदेशको टिम छनोट सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा उक्त प्रतियोगिता शुरु भएको हो ।

छनोट प्रतियोगिताबाट पुरुषतर्फ अनिल शाहि, प्रदिप खड्का, नविन मगर, गोविन्द नेपाली र धरमबहादुर लामिछाने छानिएका छन् । त्यसैगरि कुमार अधिकारी, गोपीबहादुर भट्टराई र विष्णु नेपाली बैकल्पिक खेलाडीका रुपमा छनौट भएको कास्की जिल्ला टेनिस संघका महासचिव नविन चालिसेले जानकारी दिए ।

गण्डकीको महिलातर्फ रोमिका बुद्धाचार्य, श्रृया भट्टराई, सुप्रिया बसेल, बिमला बसेल र गंगा शर्मा छनोट भएका छन् । टिम कोचमा निरज थापा रहेका छन् ।

गण्डकीको टिममा छानिन सफल खेलाडीहरुलाई गण्डकी प्रदेशका साँसद कृष्ण थापा, कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपक गोदार तथा टेनिस संघका सल्लाहकार सूर्यबहादुर भुजेल लगायतले मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button