पोखरा न्यूज – ३१, जेठ l जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाको आधारमा १४ सय लिटर बढी अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।
बिहीबार विशेष जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दहथुमबाट संयुक्तरूपमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका–१३, भीरकोट नगरपालिका १ र ६ का विभिन्न स्थानमा घरेलु मदिरा एवं मदिरा बनाउने कच्चा पदार्थसमेत बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
दुई सय ५० लिटर तयारी र एक हजार २१० लिटर कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।