२५ वर्षीय युवकमाथि गोली प्रहार

पोखरा न्यूज – ०६, असोज । अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा आज राति ८ बजे एक जना युवक घाइते छन् ।

राजविराजबाट आफ्नो घर डाक्नेश्वर नगरपालिका-७ जाने क्रममा २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

प्रहरी उपरीक्षक प्रसाईका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको र उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

यता घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button