गण्डकी प्रदेशमा घटस्थापनाको दिन सार्वजनिक बिदा

दीननाथ बराल, पोखरा  न्यूज – १०, असोज । गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन १२ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्य सचिव हरिप्रसाद बस्यालले बताए ।

घटस्थापनाको दिनमा यस अघि नेपाल सरकारले सार्वजनिक विदा दिदै आएको थियो । नेपालीहरुको महान पर्वको अवसरमा केही संघ संस्थाहरुले घटस्थापनाको दिनमा सार्वजनिक बिदा दिन माग गरे अनुसार प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदा दिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button