पेस्तोल र लागुऔषधसहित २ जना पक्राउ

पोखरा न्यूज – १२, असोज । प्रहरीले पेस्तोल र लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

भारतबाट अवैध रुपमा हतियार र लागुऔषधसहित नेपालतर्फ आउँदै गर्दा जाँच गर्ने क्रममा उनीहरुलाई बर्जु गाउँपालिका–३ अमडुवाबाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयेग गरिने म्याग्जिन तीन थान तथा विभिन्न लागुऔषध बरामद गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button