पोखरा- २० मौजालाई पर्यटन, कृषि र खेलकूदको केन्द्र बनाउछौँ : नेकपा उम्मेदवार विद्या

पोखरा न्यूज – १०, मंसिर ।  नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलो अन्तिम चरणमा पुगेको छ । चरणबद्ध रुपमा तालिका मिलाएर घरदैलो गरिरहेको नेकपाले उम्मेदवार सहित सोमबार पोखरा २० मौजामा मतदाता भेट गर्दै मत मागिरहेको छ ।

जनताको घरदैलोमा पुगेकी विद्यालाई स्थानीयहरुले भव्य रुपमा स्वागत गर्दै विजयको शुभकामना दिएका छन् । घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार विद्या भट्टराई अधिकारीले विकासको क्रमलाई तीब्र बनाई मौजालाई पर्यटन, कृषि र खेलकूदको केन्द्र बनाउने बाचा गरिन् ।

खानेपानीको अभाव पूर्तिका लागि एक घर एक धारा अभियान सफल पार्ने बताउँदै उनले समृद्धिको जग बसिसकेकाले इटा थप्न आफ्नो भूमिका महत्वपूर्ण रहने विश्वास दिलाईन् । सभामा बोल्दै नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले अन्य दलको जीतले सुरु भएका अधुरा पूरा नहुने भन्दै नेकपाकै जीत आवश्यक रहेको बताए ।

सो अवसरमा नेताहरु मनबहादुर गुरुङ, श्रीनाथ बराल, विश्वप्रकाश लामिछाने, भीमप्रसाद गुरुङ, गञ्जमान गुरुङ लगायतले सम्बोधन गरे । उक्त ठाउँमा मौजा गाउँ, आटिघर, लामडाँडा, विसौनालगायतका स्थानमा घरदैलो जारी रहेको छ । घरदैलोमा कलाकारहरु कृष्ण भण्डारी, शिवहरी ढुंगाना, मनकुमार श्रेष्ठ लगायतले साँस्कृतिक प्रस्तुती राखेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button