आर्चरीमा प्रतिबन्धित भारत पोखरामा सागमा सहभागी हुने !

दीननाथ बराल,  पोखरा न्यूज -११ मंसिर । विश्व आर्चरी संघबाट प्रतिबन्धित भएको भारतले खेल तालिका सार्वजनिक भए पनि अन्तिम समयमा आएर १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागि हुन लागेको छ । आर्चरी खेलमा भारतलाई प्रतिबन्ध लगाइएकोले उक्त प्रतिबन्ध फुकुवा नभएसम्म साग अन्तर्गत  आर्चरी खेलमा सहभागि हुन नमिल्ने १३ औँ साग पोखरा प्राविधिक समितिका अध्यक्ष बिद्या मर्सानीले पोखरा न्यूजलाई  बताए ।

भारतले अन्तिम समयमा आएर महिला तथा पुरुष तर्फ ८/८ जना गरी १६ जना खेलाडीहरुको नाम दर्ता गराएको प्राविधिक समितिले जनाएको छ । भारत आर्चरी खेलमा सहभागि हुन अन्तिम समयमा दर्ता गरे पनि खेल्न पाउने नपाउने अन्यौल भएको छ । सम्बन्धित विश्व खेल संघबाट कुनै पनि देश त्यस खेलमा प्रतिबन्ध भएको अबस्थामा साग जस्तो खेलमा कुनै हालतमा सहभागि गराउन नमिल्ने नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए ।

अध्यक्ष गुरुङले पोखरा न्यूज सँग  भने “ थाइल्याण्डको बैंङककमा हाल जारी रहेको एसियन आर्चरी च्याम्पियनसिपमा भारतका खेलाडीहरु सहभागि भए पनि यस खेलमा मेडल हात पारे पनि प्रतिबन्ध लागेको हुदा उनीहरुको मेडल भारतमा गणना हुदैन् । ” कुनै पनि प्रतिबन्ध भएको खेलमा सहभागि गराउदा नराम्रो सन्देस जाने बताएका अध्यक्ष गुरुङले फुकुवा नभएसम्म कुनै पनि खेलमा सहभागि गराउनु उचित नहुने जिकिर गरे ।

राखेपसंग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दा समेत नदिएकोले हाल आफुहरुलाई प्रशिक्षण मैदानको अभाव भएको आर्चरी संघका अध्यक्ष गुरुङले गुनासो गरे । उनले भने “ आर्चरीमा कम टिम सहभागि हुने भएको अबस्थामा हामीले प्रतिष्प्रर्धा गर्ने स्थलमै प्रशिक्षण समेत गर्ने गरी व्यबस्था गरेको अबस्थामा अन्तिम समयमा आएर भारतका खेलाडीहरु समेत सहभागि गराउदा हामीलाई प्रशिक्षण मैदानको आवश्यक पर्छ । ”

राखेपसंग १० लाख रुपैया माग गरे पनि हालसम्म निकासा नभएकोले आफुहरुले प्रशिक्षण मैदान तयार गर्न नसकिएको अध्यक्ष गुरुङले जनाए । भारत जस्तो देशका खेलाडीहरु कुनै पनि खेलमा सहभागि हुनु खुसिको कुरा भएको बताएका उनले प्रतिबन्ध भएको अबस्थामा खेल्न आउनु र खेलाडीलाई दर्ता लिन नहुने अध्यक्ष गुरुङले जनाए । आर्चरीको १० स्वर्ण पदकका लागि नेपाल, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिष्प्रर्धा गर्ने भएका छन् । भारत भने सहभागि हुने नहुने केही दिन पछि टुंगो लाग्ने भएको छ ।

स्मरण रहोस भारतमा भएको १२ औं साउथ एसियन गेम भारत विश्व बास्केटवल संघबाट प्रतिवन्ध भएको अबस्थामा आफै सहभागि हुदा पछि बिबाद उत्पन्न भए पछि उक्त खेल प्रतियोगिताबाट हटाएको थियो ।

साउथ एसियन ओलम्पिक काउन्सिलका अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा बस्ने बैठकले दिएको निर्णयको आधारमा भारतका आर्चरीका खेलाडीहरुले खेल्न पाउने वा नपाउने टुंगो लाग्ने भएको छ ।

अध्यक्ष श्रेष्ठ नेपाल ओलम्पिक कमिटिका समेत अध्यक्ष हुन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button