महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित

पोखरा न्यूज – १८, मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो । यसअघि माल्दिभ्ससँगको खेलमा नेपाल १० विकेटले नै विजयी भएको थियो ।

बुधबारको खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट सोनु खड्काले सर्बाधिक १२ रन र इन्दु वर्माले १० रन जोडेपनि अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले ५, सिता रानामगरले ३, ममता चौधरीले १ रन जोडिन् भने अन्य खेलाडीले खाता खोल्न सकेनन् । बलिङतर्फ बंगलादेशकी रबेया खानले ४ महत्वपूर्ण विकेट लिएकी थिइन् । त्यस्तै जहनारा आलमले २, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान १-१ विकेट लिए ।

५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले विना कुनै विकेटको क्षति ७.४ ओभरमै जित निकाल्यो । बंगलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । २२ बलको सामना गरेकी रहमानले ३ चौकासहित २६ रन हानेकी थिइन् भने २४ बलको सामना गरेकी खातुनले ४ चौकासहित २३ रन हानिन् ।

४ ओभरमा २ मेडनसहित ८ रन खर्चेर नेपालको महत्वपूर्ण ४ विकेट हत्याउने रबेया खान प्लेयर अफ दी म्याच घोषित भइन् । यसैबीच, आजै दिउँसो १ बजे श्रीलंका र मालदिभ्स आमनेसामने हुँदैछन् । नेपालले भने १ खेलमा जित र १ खेलमा हार निकालेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button