दीननाथ बराल, पोखरा न्यूज – २३, पुष । राष्ट्रिय खेलकुद परिषदका कार्यबाहक सदस्य सचिव राजेश कुमार गुरुङले आज (बुधबार) मुलपानी क्रिकेट मैदानको अवलोकन गरेका छन्।
करिब १३ बर्ष अघिदेखि निर्माण कार्य शुरु भइ हाल निर्माणको अन्तिम चरणमा पुगेको क्रिकेट मैदान बुधबार नै कार्यबाहक सम्हालेका गुरुङले इन्जिनियर सहितको टोली लगेर अवलोकन गरेका हुन्।
पोखरामा २०७७ को फागुन तेस्रो साता नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पर्ने खेलकुद सामाग्रिहरुको अध्ययन अवलोकनको लागि राखेप सदस्य सचिव रमेश कुमार शिल्वालको एक साता चिन भ्रमणमा निस्केसंगै हाल कार्यबाहक सदस्य सचिवको पदभार गुरुङले सम्हालेका हुन्। पोखराका गुरुङले यस अघि १३ औं सागको मुखमा समेत करिब एक साता कार्यवहाक राखेपको सदस्य सचिवको पदभार सम्हालेका थिए ।
सदस्य सचिवले दिएको निर्देशन अनुसार खेलकुदमा आवश्यक पर्ने आधारभुत कामको लागि आफु कटिबद्ध रहेको कार्यबाहक सदस्य सचिव गुरुङले जनाए । पदिय दाहित्वलाई बहन गर्न आफु कटिबद्ध रहेको समेत उनले जनाए । कुनै पनि खेलकुदको विकासको लागि खेलाडी, मेल मैदान र खेल सामाग्रि आवश्यक भएकोले यसमा आफुहरुको ध्यान जाने उनले जनाए ।