पोखरा न्यूज – ०४, माघ । पोखरामा शनिवार बिहान एक चितुवा मृत फेला परेको छ ।
पोखरा –१३ आर्वा स्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा पोथी जातको चितुवा मृत फेला परेको हो ।
शनिवार विहान करिव ८ वजेको समयमा स्थानीयले चितुवा मृत अवस्थामा देखेपछी वन कार्यालयलाई खबर गरेका थिए ।
जिल्ला वन कार्यालयका कर्मचारी अहिले घटनास्थलमा पुगिसकेका छन् । घटनास्थलमा मृत चितुवा हेर्नेको भिड लागेको छ ।
करिव २ बर्ष जतिको देखिने उक्त चितुवा अर्को चितुवाको आक्रमणबाट मरेको हुनसक्ने आशंका गरिएको छ ।