दिल्ली हिंसामा परी मर्नेको संख्या ७ पुग्यो, ९० घाइते

पोखरा  न्यूज। दिल्लीमा नयाँ नागरिकता संशोधन विधेयकविरुद्ध भएको प्रदर्शन हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनामा घाइते हुनेको संख्या ९० भन्दा बढी छ ।

शुक्रबार देखि नै दिल्लीमा विधेयक समर्थक र विरोधी समूह बीच झडपहरु शुरु भएकोमा सोमबार झडपले हिंसात्मक रुप लिएको थियो । प्रदर्शनकारीहरुले ठाउँमा ठाउँमा प्रहरीसँग पनि झडप गरेका थिए ।सोमबार भएका झडपहरुमा मानवीय क्षति भएको जनाइएको छ जसमध्ये एक जना प्रहरी अधिकारी अन्य ६ प्रदर्शनकारी रहेका छन् ।

त्यस्तै गम्भीर घाइते भएका एक प्रहरी डिएसपीको होश आएको जनाइएको छ अन्य तीन अग्नि नियन्त्रकहरु अनि घाइते भएका छन् । घाइते सर्वसाधारणहरुको दिल्लीका स्थानीय अस्पतालमा उपचार भइरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

हिंसात्मक प्रदर्शन पछि दिल्लीका ६ मेट्रो स्टेसन बन्द गरिएको छ सडकहरुमा ठुला ठुला ट्राफिक जाम भएको छ । प्रदर्शनकारीले ५ मोटरसाइकलमा आगलागी गरेको पनि जनाइएको छ । आज मङ्गलबार पनि उत्तरपुर्वी दिल्लीका मौजपुर र ब्रहमपुरीमा ताजा झडपहरु भएको जानकारी आएको जनाइएको छ । प्रदर्शनकारीहरुले पसलहरु तोडफोड तथा प्रहरीमाथि ढुङ्गामुडा गरेका छन् ।

प्रदर्शन नरोकिएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यस क्षेत्रका एमएलएहरुसँग आज साढे १० बजे भेट गरेका छन् । उनले गृहमन्त्री अमित शाहसँग पनि भेटघाट गर्ने बताइएको छ ।

सम्बन्धित न्यूज

Back to top button