सुनको मूल्य ३ हजारले घट्यो

पोखरा न्यूज । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ ।

बिहीबार रु ८१ हजार ५ सयमा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५ सयमा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७ सयमा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २ सयले कमी आएको थियो भने बिहीबार रु ८ सयले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य रु ८ सय २० कायम भएको छ ।

सम्बन्धित न्यूज

Back to top button