कोरोना सङ्क्रमणबाट एशियाभन्दा यूरोपमा बढीको मृत्यु

पोखरा न न्यूज । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार एशियाभन्दा यूरोपमा बढी पुगेको एएफपीलाई प्राप्त आधिकारिक तथ्याङ्कमा देखिएको छ ।

ग्रीनवीच समय अनुसार बुधबार बिहान ११ बजेसम्मको तथ्याङ्कमा यूरोपका बढी प्रभावित मुलुकहरू इटली,स्पेनलगायतका मुलुकमा तीन हजार ४ सय २२ जनाको मृत्यु भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन हजार ३ सय ८४ रहेको छ ।

प्राप्त तथ्याङ्क अनुसार बुधबार बिहानसम्म विश्वभर यस भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या एक लाख ९४ हजार पुगेको छ भने आठ हजार ९२ जनाको मृत्यु भएको छ ।

भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु चीनमा भएको छ भने यूरोपमा इटलीमा भएको छ । चीनमा बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या तीन हजार २ सय ३७ पुगेको छ ।

इटलीमा दुई हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने अर्को बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा ५ सय ९८ व्यक्तिको भाइरस सङ्क्रमणपछि मृत्यु भएको छ ।

जोन हपकिन्ज विश्वविद्यालयको अनुसन्धान केन्द्रको तथ्याङ्क अनुसार विश्वभर बुधबारसम्म दुई लाख एक हजार ४ सय ३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । चीनबाहिर उक्त भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ३ सय ३४ पुगेको छ भने चीनमा ८० हजार ८ सय ९४ जनामा सङ्क्रमण पुष्टि भश्रएको छ ।

चीनपपिछ बढी सङ्क्रमित सङ्ख्या इटलीमा ३१ हजार ५ सय ६ जना रहेको छ भने इरानमा १६ हजार १ सय ६९ पुगेको छ । इरानमा ९ सय ८८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button