पोखराको फेवातालमा कार खस्यो, ४ घाइते

पोखरा । पोखराको फेवातालमा सोमबार कार खस्दा कारमा सवार ४ जना घाइते भएका छन् ।

खपौदीबाट लेकसाइड तर्फ आउदै गरेको ग २ च ६९१२ नम्बरको कार सोमबार बिहान ११:४५ बजे रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर  तल तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा लेकसाइड बस्ने करीब ३२ बर्षीय चीरण बस्नेत, ३० /३१ बर्षका संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको ट्राफिक कार्यालय बैदामका  प्रहरी सहायक निरीक्षण बिष्णु बहादुर पल्ली मगरले पोखरा न्यूजलाई जानकारी दिए ।

होली मनाएर फर्कने क्रममा कार दुर्घटनामा परेको बताइएको छ । कार चालकलाई प्रहरीले अनुसन्धानको लागि  नियन्त्रणमा लिइएको जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button