गण्डकी प्रदेश : १५ करोडको कोरोना आपतकालीन कोषमा साढे ६२ लाख जम्मा

पोखरा । कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले  स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा करिव ६२ लाख ५० हजार रुपैयाँ जम्मा भएको छ ।

कोषमा  विभिन्न  वित्तीय संस्था, एनप्याब्सन, युवा क्लब, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समिति, निजामती कर्मचारी संगठन, नेपाल कम्युनिष्ट पार्टी, गण्डकी प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी हालसम्म रु ६२ लाख ५६ हजार ७ सय ५२ कोषमा जम्मा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

प्रदेश सरकारले १५ करोडको कोष स्थापना स्थापना गर्दै  प्रदेशका मन्त्रीको एक महिनाको तलब जम्मा गर्ने  गरि प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापारी, व्यवसायी लगायतलाई कोषमा रकम जम्मा गर्न आग्रह गरेको थियो ।

प्रदेश सरकारले कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन खाता नं ३०२००१८८३०१ मा जम्मा गरेर सहयोग गर्न मुख्यमन्त्रीले सबैमा अपिल समेत गरेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button