गण्डकी प्रदेशमा ७२ कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १ सय २४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को परीक्षण जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनले सर्वसाधारणलाई कोरोना सङ्क्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय पराशर्म लिन सहयोग पुर्याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको बताए । हेलो डाक्टर कार्यक्रममा हालसम्म ४ सय ८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button