पोखराको राहत कोषमा ३ करोड ६४ लाख, क-कसले जम्मा गरे रकम ?

पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो । विभिन्न संघ, संस्था, व्यक्तिहरुले अहिले सम्म महानगरले स्थापना गरेको राहत कोषमा १६ लाख ७१ हजार ६१ रुपैंयाँ सहयोग गरेका छन् भने गण्डकी प्रदेश सरकारले १ करोड दिएको छ ।

महानगरले २ करोड, महानगरका कर्मचारीहरुबाट ४८ लाख ५० हजार जम्मा गरी स्थापना गरिएको राहत कोषमा प्रदेश सरकारले १ करोड दिएको छ । कोषमा अहिलेसम्म ३ करोड ६४ लाख ७१ हजार ६१ रुपैयाँ जम्मा भएको छ । महानगरले ३३ वटै वडाबाट लाभग्राही छनोट गरी वडा कार्यालय मार्फत् राहत वितरण कार्य पनि गरिरहेको छ ।

महानगरको राहतकोषमा सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार, १ सय ५१, कमल बचत तथा ऋण सहकारी संस्थाबाट पोखरा ९ बाट २५ हजार, हाम्रो सहयोगी बचत तथा ऋण सहकराी संस्थाले २२ हजार २ सय २२, संयुक्त बचत तथा ऋण सहकारीले १५ हजार, रानीवन साकोसले १५ हजार १ सय १५, दपर्ण साकोस १५ हजार, बाघमारा बहुउश्यीय (साकोस) सहकारीले ११ हजार १ सय ११, समय बचत तथा ऋण सहकारी संस्थाले  १० हजार सहयोग गरेको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।

यसैगरी सफल बचत तथा ऋण सहकारी पोखरा ७ बाट ११ हजार १ सय ११, स्वण श्री साकोस १० हजार, आँगन बहुउश्यीय सहकारीले १० हजार १ सय, नयन बचत तथा ऋण सहकारी संस्था १० हजार, शान्तिपथ गोरखा लाइन टोल अमरसिंहचोकका अध्यक्ष मेजर हितमान गुरुङ १० हजार, परेली साकोसले ५ हजार ५ सय सहयोग गरेको अधिकारीले बताए । बागलुङ नगरपालिका कुँडुले पुख्र्यौली भएका र हाल पोखरा महानगरपालिका वडा नम्बर १४ नागमणि टोल बस्ने नारायणप्रसाद सापकोटा महानगरको राहत कोषमा २२ हजार सहयोग गरेका छन् । सापकोटाले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बराललाई २२ हजारको चेक हस्तान्तरण गरेका हुन् ।

पोखरा महानगरपालिकाले विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न सबैमा आह्वान समेत गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक स्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button