गण्डकी प्रदेशमा एकैदिन थप १६ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित ५४ पुगे

पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार बिहान प्रदेशको बागलुङ जिल्लाका  थप १० जना, स्याङ्जाका १ जना, पर्बतका  ४ जना र म्याग्दीका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।

बागलुङ निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका २२ र २९ का २ पुरुष तथा  ३३ बर्षीया एक महिला, वडीगाड गाउँपालिकाको  क्वारेन्टिनमा रहेका १६, २०, २१ र २५ का ४ पुरुष र गल्कोट नगरपालिकाको क्वारेन्टिनमा रहेका २०, २२ र २३ बर्षका ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् ।

त्यसैगरी स्याङ्जा कालीगण्डकी गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ बर्षका एक  पुरुष, पर्बत फलेबास नगरपालिकाको क्वारेन्टिनमा रहेका २१ र २१ का २ जना पुरुष र  कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका  बिहादी गाउँपालिकाका  २४ र २८ का २ जना पुरुष तथा म्याग्दी मंगला गाउँपालिकाको क्वारेन्टिनमा रहेका  १९ वर्षका  १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको निर्देशक शर्माले जनाएका छन् ।

संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४  पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ रहेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा १५ जना पुरुष तथा ३ महिला , स्याङ्जाका १२ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका १ जना पुरुष तथा पर्वतका ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button