फेवातालमा मृत फेला परेका युवकको पहिचान खुलेन, सहयोगका लागि आग्रह

पोखरा पोखराको फेवातालमा मृत फेला परेका एक युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गत बैशाख २६ गते दिउसो २ :३० बजेको समयमा फेवातालमा पौडी खेल्दै गर्दा बेपत्ता भएका उनको करिव २ घण्टापछि शव फेला परेकोमा हालसम्म पहिचान खुल्न नसकेको कास्की प्रहरीले उल्लेख गरेको छ ।

गहुँगोरो वर्णको आर्यन अनुहार भएको, ठिक्कको शरिर भएको, कालो लामो कपाल पालेको, हल्का दाह्री जुँगा पालेको अन्दाजी २२/२५ वर्षको जस्तो देखिने युवकको शव फेला परेकोले कोही आफन्त वा चिनजानको व्याक्ति भए जिल्ला प्रहरी  कार्यालय कास्कीमा  सम्पर्क गर्न कास्की प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले  मृतकको सनाखतको लागी आवश्यक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको  छ।

मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शब् घरमा राखिएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button