पोखरामा रोबोट प्रयोग गरी सीमा अतिक्रमण र एमसीसी सम्झौताको विरोध

पोखरा । पोखरामा रोबोट प्रयोग गरी सीमा अतिक्रमण र एमसीसी सम्झौताको बिरोधमा प्रदर्शन गरिएको छ ।

अमेरिकासँग गर्न लागिएको एमसीसी सम्झौता र सीमा अतिक्रमणको बिरोधमा प्रविधिको प्रयोग गरेर फेसबुक लगायतका  सामाजिक सञ्जालमा  जोडिएका विरोध प्रदर्शन गरेका हुन् ।

‘क्लेम दी वोर्डर‘ नाम दिएर बुधबार साँझ गरिएको विरोध प्रदर्शन कार्यक्रममा रोबोटलाई जुलुशमा समावेश गरिएको थियो ।

पोखराको चिप्लेढुंगामा सामाजिक दुरी कायम गर्दै  प्रविधिको प्रयोग गरेर बिरोध कार्यक्रम गरिएको कार्यक्रम संयोजक गोविन्द आचार्यले जानकारी दिए  । ‘क्लेम दी वोर्डर’ अभियानबाट युवाहरुलाई आफ्नो देशको राष्ट्रियता र मातृभूमिप्रति जागरुक गराउन कार्यक्रम गरिएको  संयोजक आचार्यले बताए ।

“हामीले हाम्रो शिप, हाम्रो नविन सोँच  प्रयोग गरेर रोबोटको प्रयोग गरेर नयाँ ढाँचाको विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेका हौँ,  हाम्रो यो प्रयासले सीमा र एमसीसी जस्तो गम्भीर राष्ट्रिय मुद्धामा सबैको ध्यानाकर्षण गराउनेछ र बिरोधको नयाँ आयाम सुरुवात गर्नेछ भन्ने हामीले बिश्वाश लिएका छौँ ” आचार्यले भने । उनले बिरोध पर्दशनमा टायर बाल्ने, भिडभाड गर्ने जस्ता गतिविधिले समाजलाई नकारात्मक असर पर्ने भन्दै त्यस्ता कुरामा सजक बन्दै  राष्ट्रिय महत्वको विषयमा युवाहरु एकजुट हुनुपर्ने बताए  ।

‘क्लेम दी वोर्डर‘ अभियानले यसअघी मंगलबार चितवनको हाकिम चोकमा ड्रोनबाट नेपालको राष्ट्रिय झण्डा समेत फहराउदै  कार्यक्रम गरिसकिएको र केहिदिनमा काठमाण्डौमा समेत  कार्यक्रम गरिने उनले जनाए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button