कास्की र गोरखाका २ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउसो  प्रदेशको कास्की र गोरखा  जिल्लाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाण्डौमा उपचाररत कास्कीका ६० बर्षिय १ जना पुरुष र जुम्लामा कार्यरत गोरखाका १ जना २५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता  डा. विकास देबकोटाले  उल्लेख गरेका छन् ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ भने प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा १५ जना पुरुष तथा ३ महिला , स्याङ्जाका १२ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका ३ जना पुरुष, पर्वतका ९ जना पुरुष, कास्कीका १ जना पुरुष तथा गोरखाका १ जना पुरुषमा  कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button