पोखरा वडा नं १५ रातीखहरेमा बन्दै छ व्यवस्थित फुटबल मैदान

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ रातीखहरेमा व्यवस्थित फुटबल मैदान निर्माण गर्न पोखरा महानगरपालिका कार्यालय वडा नं १५ ले पहल थालेको छ । वडा नं १५ ले पहल थाले पनि यति बेला भने बजेट अभावका कारण काम थन्किएको अवस्थामा रहेको हो ।

गण्डकी प्रदेश सांसद विकास कोष मार्फत सांसद कृष्ण थापा बाट प्राप्त ५ लाख बाट मैदान सम्मयाउने काम शुरु गरेको कास्की जिल्ला समन्वय समितीका सदस्य तोरण बानियाले जानकारी दिए । “हामी यो मैदानलाई वडा नं १५ को व्यवस्थित खेल मैदान बनाउन प्रयास गर्दैछौं, ५ लाखको काम त सक्यौं तर अझै धेरै काम वाँकी छ, तर बजेट अभावका कारण यति बेला भने जस्तो गरि काम गर्न सकेका छैनौ” उनले भने ।

कुनै बेला गण्डकी प्रदेश कै धेरै चर्चित फुटबल खेलाडी उत्पादन थलोको रपमा रहेको वडा नं १५ जनसंख्या बढे संगै बजार नजिक सार्वजनिक जग्गा समेत बाँकी नरहे पछि वडा नं १५ ले रातिखहरेमा मैदान बनाउन लागि परेको वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले बताए । उनले भने–“हामीले यो मैदानको निर्माणको काम सम्पन्न गर्न महानगर संग बजेट प्रस्ताव गर्ने सोच बनाएका त छौं, तर कोरोनाको प्रभावले यो वर्ष बजेट पर्नेमा शंका भने छ ।”

रातीखहरेको खेलमैदान निर्माण संगै यो मैदान धेरै सम्भावना बोकेको मैदानको रपमा विकसित हुने अध्यक्ष पौडेलको भनाई छ । उनले भने–“एक त यो पोखरा रंगशालाको नजिक पनि हुनेछ भने आवत जावतमा हुनै ट्राफिकको समस्या समेत रहनेछैन ।” उनले यो खेलमैदान कास्कीकै प्राकितिक सुन्दरताले भरिएको र सम्भावना बोकेको मैदान हुने उल्लेख गरे ।

प्राकृतिक सुन्दरता संगै रमणिय मैदानमा हिमाल हेर्दै फुटबल खेल्ने व्यवस्थित मैदान बनाउने प्रयास गरेको बताउँदै वडा नं १५का समेत सदस्य रहेका बानियाले प्रदेश सरकार सं.ग समेत बजेटको प्रस्ताव गरिएको बताए । “हामीले सामाजिक विकास मन्त्रालय मार्फत मुख्यमन्त्रीज्यु र सांसद कृष्ण थापालाई समेत थप बजेटका लागि आग्रह गरेका छौ” उनले भने–“अझै एक करोड प्राप्त भयो भने मैदान सम्याउने, फिलिङ गर्ने, दुवो रोप्ने, रिटेनिङ वाल बनाउने काम गर्छौ ।”

वडा नं १५ मा आयोजना हुने खेलहरु यति बेला आयोजना गर्न निकै समस्या हुने गरेको सदस्य बानियाले बताए । “वडा नं १५ स्तरिय खेल कार्यक्रमहरु आयोजना गर्नु पर्यो भने कुनै निजी विद्यालयको खेल मैदान माग्नु पर्ने वाध्यता छ“ उनले थपे–“कम्तिमा पनि यो मैदान निर्माण गर्न सक्यौं भने यो वडा नं १५ को मात्रै नभएर सबैको साझा मैदान हुनेछ, खेलाडी उत्पादनमा समेत सहजता हुनेछ ।” बजार भन्दा धेरै टाढा पनि नभएकोले मैदान पुग्न सबैलाई सहज समेत रहेको उनले उल्लेख गरे ।

मैदान निर्माणको लागि निरिक्षणमा पुगेका पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका इन्जिनियर प्रनिश ताम्राकारले राती खहरेको खेलमैदान निकै सम्भावना बोकेको खेल मैदानको रुपमा चित्रित गरे । उनले भने–“ठाउँ पनि निकै रमणिय छ, आउन जान पनि कुनै कठिनाई छैन ।” उनले मैदानको विस्तृत डिजाइन तयार गरि निर्माणको काम अघि बढाउनुपर्ने बताए । “डिपिआर तयार भएपछि यहाँ बग्ने खहरे खोला, यहाँको पानीको मुलको संरक्षण, प्यारापिटको निर्माण, सडक सबै काम व्यवस्थित हुनेछ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button