पोखरामा विद्युतिय शवदाह स्थल बनाउन १ करोड ५० लाख विनियोजन

पोखरा । पोखरामा विद्युतिय शवदाह भवन निर्माणका लागि १ करोड ५० लाख रुपैंया विनियोजन गरिएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कास्कीको पोखरामा आधुनिक विद्यतिय शवदाह भवन निर्माणका लागि उक्त रकम छुट्टाइएको हो । विद्युतिय शवदाह भवनसंगै मलामी प्रतिक्षालय भवन समेत निर्माण गरिनेछ ।

यस अघि परम्परागत रुपमा नदी किनारमा शव व्यवस्थापन हुँदै आएको पोखरामा सरकारले बजेट मार्फत यसलाई सम्वोधन गर्न प्रयास गरेको छ ।

शहरी विकास मन्त्रालय अन्तरगत पोखरा महानगर १० स्थित बौद्ध अर्घौ सदन नजिकै शवदाह भवन निर्माण हुने भएको  सांसद एवम् नेकपाका नेता  खगराज अधिकारीले पोखरा न्यूजसँग बताए ।

मन्त्रालय अन्तरगत बजेट बिनियोजन भइसकेकाले कोरोनाको प्रवाभ हटेपछि शवदाह भवन निर्माणकार्य अघि बढ्ने उनले बताए ।  पोखरेलीहरुले विद्युतिय तथा आधुनिक शवदाह भवनका लागि लामो समय देखि माग गर्दै आएका थिए ।

हालै मात्र पोखरामा कोरोना संक्रमणबाट एक जना व्यक्तिको निधन भएपछि आधुनिक शवदाह भवन नहुँदा शव व्यवस्थापन गर्न कठिनाई भएको थियो ।

काठमाडौको आर्यघाटमा ५ वर्ष अघिबाट विद्युतिय मेशिनबाट शदगती हुँदै आएको छ । पोखराको शान्तीघाटमा करिव एक वर्ष अघि निर्माण गरिएको  आधुनिक शवदाह स्थलमा भने  दाउराको प्रयोग हुन्छ  ।

शहरी विकास मन्त्रालय अन्तर्गत नै पोखरा सभाहल डिजाइन कार्यगर्न परामर्शदाता नियक्ती गर्न लागि ५ लाख, पोखरामा अन्तर्राष्ट्रियस्तरको सभाहहलको सम्भव्यता अध्ययन गरि डिटेल इन्जिनियरिङ प्रतिवेदन तयार गर्न ५ लाख, पोखरामा २ हजार क्षमताको सभाहल निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन गरि प्रतिवेदन तयार गर्न ५ लाख र पोखरा महानगरमा हरियाली पार्क निर्माण कार्यको मास्टरप्लान तथा विस्तृत सम्भाव्यता अध्ययनका लागि १५ लाख छुट्टाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button