म्याग्दीमा पहिरोले पुरिदा ४ बर्षीया बालिकासहित २ को मृत्यु

पोखरा  । म्याग्दीमा पहिरोका कारण ४ बर्षीया बालिकासहित दुई जनाले ज्यान गुमाएका छन् ।

मंगलबार राति बर्षाका कारण पहिरो गइ ढुङगा माटोले बनेको जस्ताको छानो भएको कच्चि गोठ पुरिदा म्याग्दी रघुगंगा गाउँपालिका – ६ कोटगाँउका ४ वर्षीया सिम्रन छन्त्याल र ५० बर्षीया माया शेरपुञ्जाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण पुरिएका हजुरआमा र नातिनीको खोजि गर्ने क्रममा बुधवार दिउसो मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पहिरोबाट गोठमा रहेको अन्नपात, भाडाबर्तन लगायत गोठ पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button