तनहुँमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पोखरा  । तनहुँमा बुधवार  सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ना ५ त ४०२२ नम्बरको ट्याक्टर र सोही दिशाबाट जाँदै गरेको ग १८ प ३१५ नम्बरको स्कुटर तनहुँ ब्यास नगरपालिकाको तल्लो छिर्कनेमा  एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार छिर्कनेका ९ बर्षीय बालक महेश सापकोटाको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

दुर्घटनामा १८ बर्षीय  मिलन सापकोट घाइते भएका छन् । दुवै चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button