लमजुङमा अविरल वर्षाले घर भत्किँदा ६ घाइते

लमजुङ। बेँसीशहर नगरपालिका –११ चितीका एक बासिन्दाको धन्सार पहिरोबाट भत्किँदा ६ जना घाइते भएका छन् ।

बिहीबार साँझ अविरल परेको वर्षाले जुद्धबहादुर थापाको धन्सारमाथिबाट पहिरो खसेर मानिस घाइते भएको प्रहरीले जनाएको छ । जुद्धबहादुरसहित उनकी श्रीमती किरण तथा धन्सारमा बस्दै आएका लुकबहादुर गुरुङ, अमृत गुरुङ, सरस्वती गुरुङ र सुशीला गुरुङ घाइते भएका छन् ।

उनीहरुलाई स्थानीयवासी र प्रहरीले पुरिएका अवस्थामा उद्धार गरी बेँसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएका छन् । किरणलाई भने आज बिहान नगर प्रमुख गुमानसिंह अर्यालले घटनास्थल निरीक्षणका लागि पुगेर फर्किने क्रममा आफ्नै गाडीमा सो अस्पतालमा लगेर उपचार गराएका छन् ।

घाइतेमध्ये जुद्धबहादुरलाई भने थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा गए राति नै लगिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । घाइतेको खुट्टा, टाउको, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । बेँसीशहरमा उपचारत घाइतेलाई नगर प्रमुख अर्याल, उपप्रमुख लक्ष्मी अधिकारीलगायतले भेटेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button