बक्सिङ संघ भित्र जुङ्गाको लडाँई, संघ भित्र गुट उपगुट हावी !

पोखरा । नेपाल बक्सिङ संघ भित्र यति वेला जुङ्गाको लडाँई शुरु भएको छ । संघको अधिवेशनका लागि दुई महिना वाँकी रहे पछि संघ भित्र जुङ्गाको लडाँई शुरु भएको हो ।

संघको ६ महिना अगावै अधिवेशन सम्पन्न भइसक्नु पर्ने भए पनि कोभिड–१९ का कारण स्थगित हुँदे सारिएको थियो । यति बेला संघको अध्यक्षमा राम अवालेले नेतृत्व गरिरहे पनि संघ भित्र गुट उपगुटका हावी हुन थालेपछि जुङ्गाको लडाँई शुरु भएको छ । यहि जुङ्गाको लडाँइले संघ भित्र आफ्नो पक्ष हावी गराउन भित्र–भित्रै जिल्ला अधिवेशन र नयाँ जिल्ला गठन हुन थाले पछि संघ झस्किएको छ ।

संघको प्रगतीलाई देख्न नचहाने केही व्यक्तिहरुले आ–आफ्नो ढङ्गबाट अधिवेशन गराउँदै हिड्न थालेकोले संघको ध्यनाकर्षण भएको केन्द्रिय अध्यक्ष राम अवालेले बताए । उनले भने–“केन्द्रको परिपत्र नै नभईकन केही जिल्लामा भित्र–भित्रै संघ गठन गरेको सुन्यौं त्यसैले ति जिल्लाका गठनलाई मान्य नहुने भनेका छौं ।” गोर्खा र कैलाली जिल्ला संघ गठन भएको बताउँदै उनले त्यस्ता गठन वा अधिवेशन आपत्तीजनक भएको उनले बताए ।

”केही व्यक्तिहरु नेपालको वक्सिङको विकास भएको देख्न र हेर्न चाहेका छैनन” अध्यक्ष अवालेले भने–“तिनिहरु नेपालको वक्सिङ खेल डुवाउन तिर लागिरहेका छन ।” “जिल्ला संघ गठन गर्नै पर्ने भए कम्तिमा पनि केन्द्रको पत्र आवश्यक थियो, कसैलाई थाहै नदिई गठन गरेकोले ति संघहरुको कुनै मान्यता दिनौ”, उनले भने ।

संघको हालको कार्यसमितीको कार्यकाल समाप्त भएपनि कोभिड १९ का कारण ६ महिना थप गरि निर्वाचन प्रक्रियामा जाने बताइए पनि केन्द्रको परिपत्र विना भित्र–भित्रै संघ गठन र अधिवेशन हुन थाले पछि संघले विज्ञप्ती नै निकालेर त्यसलाई अवैधानिक हुने जनाएको छ ।

कास्की जिल्ला बक्सिङ संघका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहेका वुद्ध गुभाजुले केही व्यक्तिहरुले केन्द्रलाई समेत थाहै नदिइृ जिल्ला संघ गठन भएको सुन्नमा आएकोले केन्द्रले विज्ञप्ती जारि गरेको बताए । उनले भने–“केन्द्रिय सदस्य वा केन्द्रिय प्रतिनिधीको रोहवरमा जिल्ला अधिवेशन र गठन हुनुपर्ने थियो तर सबै ‘वाइपास’ गरिएको छ ।”

तर गत असार १९ गते कास्की जिल्ला बक्सिङ संघको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । संघका निवर्तमान अध्यक्ष समेत रहेका गुभाजुले केन्द्रका् पत्रनुसार नै जिल्ला अधिवेशन सम्पन्न भएको जनाएका छन । उनले भने–“केन्द्रले पत्र दियो त्यही अनुसार गरेका हौं, यो विषयमा केन्द्रलाई सबै जानकारी छ ।” उनले असार १८ गते केन्द्रका् पत्र प्राप्त भएनुसार आफ्नो रोहवरमा जिल्ला अधिवेशन सम्पन्न भएको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को गत फागुन २८ गतेको परिपत्र अनुसार कुनै पनि खेल गतिविधि, प्रशिक्षण वा खेलकुद संस्थाका कार्यक्रम नर्गन नगराउन भनेको छ । तर यहि विचमा कास्कीको अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष अवालेले केन्द्रको परिपत्र अनुसार नै कास्कीको अधिबेशन सम्पन्न भएको बताए । कास्कीको लागु हुने अरु लागु नहुने भन्ने प्रश्नमा यो विषय केन्द्रिय समितीले निर्णय गर्ने उनले सुनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button