पोखराका चिकित्सक अव्यवहारिक प्रावधान खारेजीको माग गर्दै धर्नामा

पोखरा न्यूज । एमडी परीषामा देखिएको अब्यवाहारिक प्रावधान परिमार्जनको माग गर्दै युवा डाक्टार एशोसियसन पोखराले जिल्ला प्रशासन कार्यलय कास्की अगाडि धर्ना दिएको छ ।

एशोसियसनले सोमबार जिल्ला प्रशासन कार्यलय कास्कीमा अब्यवाहारिक प्रबधान परिमार्जन हुनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाउदै धर्ना दिएको हो । हालै सार्वजनिक भएको चिकित्सा शिक्षा नियमावली र एकीकृत परीक्षाको सूचनाको केही बुदाँहरु गैरसरकारी चिकित्सकको हकमा अन्यायपूर्ण रहेकोले ती बुदाँहरु परिमार्जन हुनुपर्ने एशोसियसनको माग छ ।

बिशेषगरी सिट बाँडाफाडको बिषय, खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र चिकित्सा शिक्षामा रहेका बिभेदकारी र अन्यायपूर्ण व्यवस्था परिमार्जन हुनुपर्ने आफूहरुको माग रहेको युवा डाक्टार एशोसियसन पोखराका संयोजक डाक्टर संजीव बस्नेतले जानकारी दिए । चिकित्सा शिक्षा नियमावली सार्वजनिक हुँदा त्यसको मुलमर्म प्रतिस्पर्धा र योग्यता माथि नै प्रहार हुने गरी चलाखी पूर्वक भाषागत जालझेल गरी खुल्ला प्रतिस्पर्धालाई पूर्णतया निषेध गर्न खोजिएको उनीहरुको आरोप छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button