गण्डकी प्रदेशका २ जिल्लामा थपिए १६ कोरोना संक्रमति

पोखरा । गण्डकी प्रदेशका २ जिल्लामा १६ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरमा १२ र तनहुँमा ४ जना गरि आइतवार दिउसो थप १६ जना कोरोना संक्रमित देखिएको जनाएको हो ।

तनहुँमा कोराना संक्रमण हुनेहरुमा आंवुखैरेनी, देवघाट र वन्दीपुरका ४ पुरुष रहेका छन । जस अनुसार आंवुखैरेनी वडा नं ६ का २४ वर्षीय पुरुष, वन्दीपुर १ का ४५ वर्षीय पुरुष, वडा नं ४ का ५७ वर्षीय पुरुष र देवघाट वडा नं ५ का ३५ वर्षीय पुरुष रहेका छन ।

यसै गरि नवलपुर गैडाकोट १ का ४५ वर्षीय पुरुष, वडा नं २ की ५२ वर्षीया महिला, वडा नं ८ का ३० वर्षीय पुरुष र वडा १२ का २८ वर्षीय पुरुष रहेका छन । गैडाकोट मध्यविन्दु ७ का ६७ वर्षीय पुरुष, वडा नं ११ की ६८ वर्षीय महिला, कावासोती ३ का ३३ वर्षीय पुरुष, वडा नं ८ का ४४ वर्षीय पुरुष र वडा नं १५ का ३१ र ६१ वर्षीय पुरुष रहेका छन ।

नवलपुर हुप्सेकोट की १७ वर्षीया महिला र वुलिङटार ४ का २९ वर्षिय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार १ सय १९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button