गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा थप ५६ जनाका कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको गैडाकोट नगरपालिकाका २६ र ४० वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिका ३८,४० र ७२ वर्षीय पुरुष र १३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपुर देवचुलीका २५, २५ , २८, २५, ३६, २४, ८ , ३५, २७, २०, ३५, ७९, १७, ३६, ६१, ३६, ६२, ५५, ४०, ५५, २६, ५१, ३६, २५ पुरुष रहेका छन् भने ६८, ४०, ४७, १४, २८, ५९ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

त्यस्तै बालगुङ नगरपालिकामा ३३, ३८, ३४, २७, ३४, ३२, २७, २९, ३२, २६, ३६, २६, २७, ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ व्यासमा ४६ वर्षीया महिला र ३६ वर्षीय पुरुष, तनहुँ शुक्ला गण्डकीमा २८ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने गोरखा पालुङटान नगरपालिका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७५ पुगेको छ  ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button