पोखराका ४ सहित गण्डकीमा १६० कोरोना संक्रमित थपिए

पोखरा न्यूज  । गण्डकी प्रदेशमा आइतबार मात्र १ सय ६० कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरमा सर्वाधिक ९९ जना सँगै प्रदेशका ७ जिल्लामा १ सय ६० संक्रमित थपिएका हुन् ।

निर्देशनालयले पोखरा महानगर ८ का, पोखरा १० का ३६ वर्षीय पुरुष, पोखरा २६ का ३५ र ४२ वर्षीय पुरुष, तनहुँ आंवुखैरेनी ६ का २४ वर्षीय पुरुष, वन्दीपुर १ का ४५ वर्षीय पुरुष, वन्दीपुर ४ का ५७ वर्षीय पुरुष, देवघाट २ का २३ वर्षीय पुरुष , वडा नं ४ का ८० वर्षीय पुरुष, ५ का ३५ वर्षीय पुरुष, व्यास १ का ३८ वर्षीय पुरुष, वडा नं २ का ३४ र ३६ वर्षीय पुरुष, वडा नं ५ का ३८ वर्षीय पुरुष र ६७ वर्षीय महिला, वडा नं ९ का ३५ र ३६ वर्षीय पुरुष र ६५ वर्षीया महिला, १० का ३५ वर्षीय पुरुष,  ११ का २६ र ३८ वर्षीया महिला, शुक्ला गण्डकीका २४, २६, ४७ वर्षीया महिला तथा २८ र ४७ वर्षीय पुरुष, लमजुङ बेसीसहरका ५६ वर्षीय पुरुष,  सुन्दरबजारका ४२ वर्षीय पुरुष तथा  २२ र ४५ वर्षीया महिला, राइनास ९ का ३३ वर्षीय पुरुष र दोर्दी १ की ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यसैगरी गोरखा पालुङटार ९ की ५० वर्षीया महिला, स्याङजा कालिगण्डकी ५ का २८ वर्षीय पुरुष, वालिङ १० का ४५ वर्षीय पुरुष, बागलुङ काठेखोला गाउँपालिका २ का ६५ वर्षीय पुरुष, जैमिनी ४ का २४ र ३६ वर्षीय पुरुष एवं नवलपुरका १० वटा पालिकाका ८ बर्षीय बालकदेखि ७९ वर्ष उमेर समुहका ६५ पुरुष तथा १३ वर्षीया बालिकादेखि ६८ वर्ष उमेर समुहका ३४ जना महिला गरी ९९ जना संक्रमित थपिएका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार १ सय ७५  पुगेको छ । प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८ सय ८२ पुगेको छ । प्रदेशमा आज ३७ जना डिस्चार्ज भएका छन् ।

गण्डकी प्रदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ । नवलपुर बिनयत्रिबेणी २ दुम्कीबासका ३६ वर्षीय कोरोना संक्रमित युवकको शनिबार मृत्यु भएको हो । असोज १२ गते भरतपुर अस्पतालमा भर्ना भएका युवकमा १३ गते कोरोना पुष्टि भई  कोभिड सघन उपचार कक्षमा उपचार भइरहेकोमा  उपचार कै क्रममा असोज १७ गते शनिबार दिउसो ४ : ५० मा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button