पोखरामा मंगलबार २९ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा मंगलबार कास्कीको पोखरा महानगरका २९ सहित थप ७२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य  निर्देशनालय गण्डकीका अनुसार मंगलबार दिनभरमा प्रदेशका  कास्की, लमजुङ, पर्वत, तनहुँ, स्याङजा, गोरखा र नवलपुर गरी ७ जिल्लाका ७२ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा  पोखरा १ का १८ वर्षीय पुरुष, पोखरा ३ का २३ वर्षीय पुरुष, पोखरा ७ का ३७ र ४५ वर्षीय नेपाल प्रहरीमा कार्यरत पुरुष, पोखरा ८ का ३३ वर्षीय पुरुष, पोखरा ९ का ३४ र ४२ वर्षीय पुरुष, पोखरा १० का ४८ र ५२ वर्षीय पुरुष तथा ६३ र ७५ वर्षीया महिला, पोखरा १४ का १२ वर्षीय वालिका र ४८ वर्षीय पुरुष, पोखरा १५ का २५ वर्षीया महिला, पोखरा १७ का २४, ३३, ३६, ३७ ,४७ र ५० वर्षका पुरुष, पोखरा २० का २४, ३९, ५९ र ७३ वर्षीया महिला तथा ४६ र ५८ वर्षीय पुरुष, पोखरा २५ की २३ वर्षीया महिला, पोखरा २८ का ३१ वर्षीय पुरुष र वडा नखुलेका २० वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ   ।

त्यसै गरि लमजुङ सुन्दरवजार वडा नं ६, ७ र ९ का ४० र ४९ वर्षीय पुरुष सहित २७ देखि ४८ वर्षीया उमेर समुहका ११ महिलामा,पर्वतको कुश्मा १ का ६० र ४ का ६० वर्षीय पुरुष, तनहुँको घिरिङ ४ का २० वर्षीय पुरुष,भिमाद ६ का १८, २०, ३७ र ३८ वर्षीय पुरुष, व्यास १ की ३० वर्षीय महिला, व्यास २ की ७० वर्षीया महिला, ३ का २३ वर्षीय पुरुष ,देवघाट ५ की ३८ वर्षीया महिला, गोरखा भिमसेन ७ का ४२ वर्षीय पुरुष र ८ की ४ वर्षीया वालिका, सिरानचोक ३ का २२ वर्षीय पुरुष, स्याङजा चापाकोट ६ का २६ वर्षीय पुरुष, नवलपुर गैडाकोट २ का ३९ र ४१ वर्षीय महिला तथा ३४, ३८ र ४२ वर्षीय पुरुष, ४ का ४८ वर्षीय पुरुष, ११ का २७ वर्षीय पुरुष, १३ का ३३ वर्षीय पुरुष र १५ का ६९ वर्षीय पुरुष, मध्यविन्दु १० का ३९ वर्षीय पुरुष,, कावासोती का ३९ र ४८ वर्षीय पुरुष एवं देवचुलीकी ४८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित सँख्या ४ हजार ३ सय ९ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ८० पुगेको छ । आज प्रदेशमा ३३ जना डिस्चार्ज भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले नवलपुर कावासोती-५ का ७७ वर्षीया महिला तथा गोरखा वारपाक सुलिकोट ६ की ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको हो । गण्डकी प्रदेशमा कोरोनाका कारण ३६ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button