पच्चीस रुपैयाँ भएपछि तालबेँसीबाट फिल्म हेर्न आउथेँ : माओत्से गुरुङ

पोखरा । माओत्से गुरुङ नेपाली फिल्ममा परिचित नाम हो । फिल्म ‘दयारानी’ बाट नेपाली चलचित्र निर्देशनमा डेब्यु गर्नुभएका गुरुङ सो फिल्म प्रर्दशन हुने समयको प्रतीक्षामा हुनुहुन्छ । उहाँले विभिन्न फिल्ममा अभिनय गरेर अभिनयको माध्यमबाट दर्शकको मन जित्नु भएको छ । उहाँले अभिनय गरेका केही फिल्म प्रर्दशन हुन बाँकी छ । हालसम्म दशवटा गुरुङ चलचित्र निर्देशन गरिसक्नुभएका उहाँ गुरुङ फिल्म एशोसिएसन नेपालको संस्थापक अध्यक्ष हुनुहन्छ । उहाँको निर्देशनमा तयार भएको गुरुङ फिल्म ‘शिरसुभा’कोे प्रर्दशन समेत कोरोनाकै कारण अनिश्चित भएको छ । उहाँ फिल्ममा मात्र नभएर रंगमञ्चमा समेत क्रियाशील कलाकार हुनुहुन्छ । कोरोना कहरकै समयमा उहाँले म्युजिक भिडियो निर्देशनमा कमब्याक गर्नुभयो । उहाँसँग हामीले फिल्मी क्षेत्रसँग सम्बन्धित कुराकानी गरेका छौँ ।

कोरोना कहरको समयमा हल बाहेकका माध्यमबाट फिल्म हेर्नु भएको छ कि छैन ?

हेरेको छुँ, अहिले भर्खरै हेरको ‘दुख्तर’ भन्ने पाकिस्तानी फिल्म हो । यो मैले युट्युबमा हेरेको हुँ । गत चैत्रदेखि हालसम्म मैले घरमानै बसेर नेपाली, हिन्दीसहित अन्य धेरै फिल्म हेरेको छुँ ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभव नि ?

हलमा फिल्म हेर्दा एकदम चनाखो भएर हेर्नुपर्छ । निधाइयो वा अन्त कतै ध्यान गयो भने सिनेमाको कथा बुझिदैन । यसलाई रोकेर वा उतिखेरै दोहो¥याएर हेर्न मिल्दैन । हलमा हेर्दाखेरीको साउण्ड, पिक्चर क्वालिटी, दर्शककको भीड हुन्छ । दर्शकको भीडमा फिल्म हेर्दा उनीहरुको रेसपोन्स तत्कालै बुझ्न पाइन्छ । हुटिङ हुन्छ । सोही कारण हलमा फिल्म हेर्दाको आनन्द बेग्लै हुन्छ । घरमा त्यस्तो हुँदैन ।

त्यसरी फिल्म हेर्दाका केही रमाइला अनुभव ?

म कास्कीको तालबेँसीबाट पोखरा सम्म फिल्म हेर्नका लागि आउनुपर्ने । वेगनासतालबाट गाडी चढेर आउथे । त्यो बेला मसँग ज्यादै सीमित बजेट हुन्थ्यो । पच्चीस रुपैयाँ भएपछि म फिल्म हेर्न आउथे । आउँदा कतिपय बेला गेटमा बस्ने पालेले नदेख्दा टिकट नदेखाइकन हुलसँग भित्र पसिन्थ्यो । सानो भएकोले हुलमा धकेला धकेल हुँदा एकैचोटी भित्र पुगिन्थ्यो । अर्कौ दिन सोही टिकट देखाएर भित्र छिर्थे । टीकटको कलर सो समय अनुसार फरक हुने रहेछ मलाई थाहा भएन ।मैले पुरानो टिकट देखाउदा पाले हाँस्थे । तर रोकेनन् । यसरी फिल्म हेर्दा झनै रमाइलो लाग्थ्यो ।

हलमा हेरेको पहिलो फिल्म कुन हो ?

मैले पहिलो फिल्म पृूर्णिमा हलमा हेरेको हुँ । नाम भने एकिन भएन । हिन्दी सिनेमा थियो । कलाकार पनि याद छैन । हिरो र भिलेनको द्धन्द्ध मात्र केही याद छ ।

तपाईंलाई मनपर्ने कलाकार ?

मनपर्ने कलाकारमा थुर्पैछन् । दयाहाङ राई, सौगात मल्ल, वीपिन कार्की, प्रकाश घिमिरे र मेनुका प्रधान मलाई खास लाग्छ ।

फिल्म हेर्दा कलाकार बन्ने रहर हुने थिएन ?

कलाकार बन्ने रहर थियो । हिरो बन्छु भन्ने त लागेन । तर कलाकार बन्ने रहर मेरो बाल्यकाल देखिकै हो ।

अहिलेका नेपाली फिल्मको सकारात्मक पक्ष ?

सकारात्मक पक्ष भनेको नेपाली फिल्म क्षेत्र एउटा उद्योगकको रुपमा विकास भइसकेको छ । नेपाली सिनेमा विश्वको केही प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगिसकेका छन् । सोही कारण फिल्मको माध्यमबाट समेत नेपालको नाम फैलाउन सघाएको छ । यसका अलावा नेपाली फिल्मले मौलिक कथा संगीत अनि कलाकारलाई खोजी कार्य गरेको छ । यो सह्रानीय काम हो । सकारात्मक पक्ष हो । कतिले फिल्मलाईनै करियरको रुपमा लगेका छन् । कतिले यसलाई पेशा बनाएर लगेका छन् । जीवन यसैलाई सुम्पेका धेरै छन् । अर्को कुरा नेपाली सिनेमाका निर्माताहरु बलिउड प्रति निर्भर हुनुपर्ने अवस्था छैन । सबै काम नेपालमा नै हुन्छ । सोही कारण समेत नेपाली फिल्मकर्मी पछिल्ला दिनमा सक्षम बन्दै गइरहेका छन् ।

सुधार गर्नुपर्ने पक्ष ?

प्रायः नेपाली सिनेमा एउटै–एउटै जस्तो लाग्छ । एउटै जनरामा फिल्म बनेका छन् । नेपाली सिनेमामा विविधता खोज्न जरुरी छ लाग्छ ।

तपाईंले डेब्यु निर्देशन गरेको फिल्म दयारानी कहिले प्रर्दशन होला ? प्रर्दशन हुन नपाउदाको पीडा ?

कोरोनाको महामारीले फिल्मको प्रर्दशन कहिले हुने भन्नेमा अनिश्चितता थपेका छ । यो फिल्मको निर्देशक मात्र नभएर व्यक्तिगत रुपमा लगानी गरेको छु । एउटा निर्माताको हिसाबले मैले कति चोट सहेको छु, मेरो कति रकम गयो त्यो रकम फिर्ताको लागि मैले कति पापड पेल्नुपर्छ भनेर त म सोच्नै सक्दिन । दयारानीले दिएको चोटको बारेमा बयानै गर्न सक्दिन, धेरै चोट दिएको छ । म जस्ता अरुपनि निर्माता छन् होला उहाँहरुलाई पनि त्यही चोट छ होला । तर दयारानीले गर्दा मलाई आर्थिक रुपमा ठूलो चोट परेको छ । समय कहिले आउला भनेर कुरिरहेको छु । अब समयको हातमा छ ।

अहिले के काममा व्यस्त हुनुहन्छ ?

यतिबेला गोविन्द गुरुङ स्वरमा रहेको गीतको भिडियोमा व्यस्त छु । सबै ‘क्रु’ पोखराबाटै छन् । स्क्रिप्ट लेखन तथा फिल्म सम्बन्धी भर्चुअल कार्यक्रममा सहभागी बनिरहेको छु ।

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button